धनुषा, वैशाख २७ — धनुषाको जनकनन्दिनी गाउँपालिका-५ उधाटोलमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार करेन्ट लागेर मृत्यु हुनेमा २५ वर्षीय अरबिन्द साह रहेका छन्।
आइतबार दिउँसो घर नजिकै विवाहका लागि साउन्ड सिस्टमको तार जोड्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि उनलाई धनुषा अस्पताल जनकपुरमा पुर्याइए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यो घटनाले परिवारमा गहिरो शोक छाएको छ। खुसीको अवसरमा गरिने विवाह समारोहको तयारीका क्रममा यस्तो दुखद घटना हुँदा स्थानीय क्षेत्रमा मातम छाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।