आर्यान्शको शतकले धरमरायो ओमान: यूएईले खडा गर्यो कीर्तिपुरमा २६८ रनको पहाड

nepal news portal

काठमाडौंको कीर्तिपुर मैदानमा आज भएको प्रतिस्पर्धात्मक भिडन्तमा यूएईले ओमानविरुद्ध आफ्नो ब्याटिङको शक्ति प्रदर्शन गरेको छ।

टस जितेर बलिङ रोज्ने ओमानको निर्णयलाई गलत सावित गर्दै यूएईका ब्याट्सम्यानहरू मैदानमा जमेर खेले।

टोलीका लागि आर्यान्श शर्माले अविश्वसनीय खेल प्रदर्शन गर्दै १० चौका र २ छक्काको मद्दतमा १०५ रनको शतकीय इनिङ्स खेल्दा ओमानका बलरहरू निरीह देखिए।

मध्यक्रममा अदीव उस्मानीको ६४ र हरप्रीत सिंहको ५४ रनको योगदानले टोलीलाई सम्मानजनक स्कोरतर्फ डोर्‍यायो।

बलिङतर्फ ओमानका लागि शाह फैजलले ३ विकेट लिए पनि अन्य बलरहरू यूएईको ब्याटिङ सामु चल्न सकेनन्।

अब ओमानले विश्वकप लिग २ को यो महत्वपूर्ण खेल जित्नका लागि २६९ रनको कठिन लक्ष्य पछ्याउनुपर्नेछ।