नवलपरासीमा सडक दुर्घटना: चामलको ट्रकसँग कार ठोक्किँदा चालकको मृत्यु

nepal news portal

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका-७ स्थित हरियाली जङ्गलमा भएको सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ।

आज दुम्किबासबाट कावासोतीतर्फ गइरहेको चामलको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको कार एकापसमा जुध्दा दुर्घटना भएको हो।

दुर्घटनामा कार चालक अन्दाजी ३५ वर्षीय पुरुषको टाउकोमा गम्भीर चोट लागेको थियो। ट्रक चालकले नै उनलाई उद्धार गरी मध्यबिन्दु प्रादेशिक अस्पताल पुर्‍याए पनि उपचारका क्रममा उनको ज्यान गएको हो।

मृतकको सनाखत हुन सकेको छैन। प्रहरी उपरीक्षक युवराज खड्काले दुवै सवारीसाधन प्रहरी नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको पुष्टि गरेका छन्। राजमार्गमा भइरहेका यस्ता दुर्घटनाले सर्वसाधारणको जीवन जोखिममा परेको छ।